बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अनेकौँ बहाना बनाएर प्रचण्डले धोका दिए : डा.महत

मङ्गलबार, २९ फागुन २०८०, १४ : ३६
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्याएको आरोप लगाएका छन् । 

नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजन गर्दै पूर्वअर्थमन्त्री महतले दाहालले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशका बहानामा धोका दिएको आरोप लगाए । 

उनले भने, ‘प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्त्याउनुभएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिइसकेका छौँ । प्रधानमन्त्रीजीले सदनमा बोल्दा कांग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताएका छन् । यो सबै कपोलकल्पित र झुटो हो ।’ 

प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपछि मात्र तीन पटक सत्ता सहकार्य फेरेको भन्दै महतले प्रचण्डको प्रवृत्ति भएको उल्लेख गरे । 

उनले भने, ‘नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिइसकेका छौँ । प्रधानमन्त्रीले पुष्पकमल दाहालले सदनमा बोल्दै गर्दा कांग्रेस महासमिति बैठकका कुरा, कोसीका कुरा गर्नुभएको थियो । यो सब बहानाबाजी थियो । यही आम निर्वाचनपछि पनि तीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ । उहाँको प्रवृत्तिजन्य निर्णय सिवाय केही होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप