शाओमीले सुरु गर्यो विद्युतीय कारको बिक्री
सेञ्झेन । चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी शाओमीले विद्युतीय कारको बिक्री सुरु गरेको छ । कम्पनीले यो महिनामा आफ्नो पहिलो विद्युतीय कारको डेलिभरी सुरु गर्ने भएको हफ ।
कम्पनीले कारको मूल्य भने मार्च २८ मा घोषणा गर्ने अनुमान गरिएको छ । अहिलेसम्म देशभरमा कारको अर्डर लिन २९ शहरमा कम्पनीले ५९ ओटा स्टोर खोलेको शाओमीले बताएको छ ।
चीनमा घरेलु कम्पनी बीवाईडी र अमेरिकी कम्पनी टेस्लाबिच मूल्य युद्ध चर्किएकै समयमा कम्पनीले कार बेच्न थालेको छ । शाओमीले गएको वर्ष स्पीड अल्ट्रा ७ (एसयू७) कार लञ्च गरेको थियो । विश्वको शीर्ष पाँच अटो निर्माता बन्ने लक्ष्य शाओमीले लिएको त्यति बेला कम्पनीका प्रमुख कार्यकार लिइ चुनले बताएका थिए ।
आगामी १० वर्षभित्र सवारी साधन व्यवसायमा कम्पनीले १० अर्ब डलर लगानी गर्दैछ । चीनमा यतिबेला विद्युतीय कारको बिक्री बढाउन कार निर्माता कम्पनीबिच मूल्य कटौती गर्ने होडबाजी नै चलेको छ । बीवाईडी जस्ता घरेलु प्रतिस्पर्धी कम्पनीहरूले हालैका महिनामा मूल्य कटौती गरेपछि अमेरिकी खर्बपति व्यापारी एलन मस्कको टेस्लाले हालैका महिनामा चीनमा आफ्ना उत्पादनको मूल्य घटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण