शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमीले सुरु गर्‍यो विद्युतीय कारको बिक्री

मङ्गलबार, २९ फागुन २०८०, १५ : ५६
मङ्गलबार, २९ फागुन २०८०

सेञ्झेन । चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी शाओमीले विद्युतीय कारको बिक्री सुरु गरेको छ । कम्पनीले यो महिनामा आफ्नो पहिलो विद्युतीय कारको डेलिभरी सुरु गर्ने भएको हफ । 

कम्पनीले कारको मूल्य भने मार्च २८ मा घोषणा गर्ने अनुमान गरिएको छ । अहिलेसम्म देशभरमा कारको अर्डर लिन २९ शहरमा कम्पनीले ५९ ओटा स्टोर खोलेको शाओमीले बताएको छ ।

चीनमा घरेलु कम्पनी बीवाईडी र अमेरिकी कम्पनी टेस्लाबिच मूल्य युद्ध चर्किएकै समयमा कम्पनीले कार बेच्न थालेको छ । शाओमीले गएको वर्ष स्पीड अल्ट्रा ७ (एसयू७) कार लञ्च गरेको थियो । विश्वको शीर्ष पाँच अटो निर्माता बन्ने लक्ष्य शाओमीले लिएको त्यति बेला कम्पनीका प्रमुख कार्यकार लिइ चुनले बताएका थिए ।  

आगामी १० वर्षभित्र सवारी साधन व्यवसायमा कम्पनीले १० अर्ब डलर लगानी गर्दैछ । चीनमा यतिबेला विद्युतीय कारको बिक्री बढाउन कार निर्माता कम्पनीबिच मूल्य कटौती गर्ने होडबाजी नै चलेको छ । बीवाईडी जस्ता घरेलु प्रतिस्पर्धी कम्पनीहरूले हालैका महिनामा मूल्य कटौती गरेपछि अमेरिकी खर्बपति व्यापारी एलन मस्कको टेस्लाले हालैका महिनामा चीनमा आफ्ना उत्पादनको मूल्य घटाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप