बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बैंकर मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

मङ्गलबार, २९ फागुन २०८०, १८ : ११
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

अदालतका प्रवक्ता तीर्थराज भट्टराईले उनीहरुलाई हिरासतमै राखेर अनुसन्धान गर्न थप ५ दिन प्रहरीलाई दिइएको रातोपाटीलाई जानकारी दिए ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

१५ माघमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई पक्राउ गरिएको थियो ।

सेन्चुरी बैंकमा रहँदा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रपैयाँ बराबरको कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोप उनीहरुलाई लागेको छ ।  प्रहरीले धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको बताउँदै आएको छ ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप