भिजिट भिसामा दुबई पठाउने खोज्ने थप १ जना एजेन्ट पक्राउ
काठमाडौँ । भिजिट भिसामा दुबई पठाउन खोजेको आरोपमा प्रहरीले थप एकजना एजेन्टलाई पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर काठमाडौँ–१६ माछापोखरी बस्ने ३४ वर्षीय बबि श्रेष्ठ उर्फ नुरमायालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले २५ फागुनमा रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर–३ रुद्रपुर घर भएका ४६ वर्षीय भविलाल थापालाई पक्राउ गरेको थियो । भविलालबारे अनुसन्धान गर्न विमानस्थल सुरक्षा कार्यालयले उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो । अनुसन्धान गर्दै जाँदा बबि श्रेष्ठको पनि संलग्नता देखिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
एजेन्टहरुले ३ जना महिलालाई प्रतिव्यक्ति २ लाख लिएर दुबईमा घरेलु कामदारको रुपमा काममा लगाउने आश्वासन दिएको अनुसन्धानबाट थाहा भएको छ । पीडित ३ जना महिलालाई प्रहरीले विमानस्थलबाट फिर्ता पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण