नाउपामा गाईजात्रा : प्रचण्डलाई विश्वासको मत दिनेबारे दुईथरी विज्ञप्ति
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा गाईजात्रा देखिएको छ । रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबिचको विवादले नाउपामा गाईजात्रा देखिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे नाउपामा विवाद देखिएको छ । श्रेष्ठ पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई ‘ह्वीप’ लगाएको छ भने चौधरी पक्षले सरकारमा नगएर प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक गरेको छ । मंगलबार दुईथरी विज्ञप्ति जारी गर्दै नाउपा सरकारको पक्ष र विपक्षमा देखिएको हो ।
नाउपा संसदीय दलका नेता श्रेष्ठले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन् र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’

यस्तै अर्को पक्षले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने प्रतिपक्षमा बस्ने सरकारलाई समर्थन नदिने उल्लेख गरेको छ । यस्तै प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरुसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण