अल हिलाल एएफसी च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा अल हिलालले सेमिफाइनलमा स्थान बनाएको छ । साउदी क्लब अल हिलालले घरेलु प्रतिद्वन्द्वी अल इथियाडलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो लेगमा पनि २–० को जित निकालेको अल हिलालले दोस्रो लेगको नतिजासँगै ४–० को जितका साथ अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अल हिलालले दुवै गोल दोस्रो हाफमा गरेको हो । यासिल अल सहरानीले ६१ औं मिनेटमा गोलको खाता खोलेका थिए । दोस्रो हाफको इन्ज्योरी टाइममा मालकोन फिलिपेले गोल गरेपछि अल हिलाल दोस्रो लेगमा पनि २–० ले विजयी भयो ।
सेमिफाइनलमा अल हिलालले फाइनल प्रवेशका लागि अल एइनसँग अप्रिल १६ मा खेल्ने छ । अल एइन क्रिष्टियानो रोनाल्डोको टोली अल नारसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
एएफसी च्याम्पियन्स लिग अन्तर्गत अर्को खेलमा कोरियन टोली हुन्डाइ उल्सानले घरेलु टोली हुन्डाइ मोटर्स जेडनबुकलाई समग्रमा २–१ को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएकाले दोस्रो लेगमा उल्सानले १–० को जित निकाल्दा सेमिफाइनल पुग्न पर्याप्त भयो ।
उल्सानका लागि योङ ओ सिओलले पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण