मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
विश्वासको मत

ओलीले कांग्रेसलाई सोधे– पोहोर विश्वासको मत दिन हुने, अहिले किन नहुने ? (भिडियो सहित)

बुधबार, ३० फागुन २०८०, १२ : १४
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसतिर लक्षित गर्दै प्रधानमन्त्रीलाई यस पटक विश्वासको मत दिन किन नमिल्ने भनेर प्रश्न गरेका छन् ।

बुधबार प्रनिधिसभामा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै ओलीले गत वर्ष विपक्षमा रहेकै अवस्थामा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको स्मरण गराए । सोही अनुरुप अहिले विश्वासको मत दिन किन नमिल्ने भनेर उनले प्रश्न गरे ।

पोहोर साल आफूले प्रस्ताव गरेर दाहाललाई प्रधानमन्त्री बनाएको तर कांग्रेसले प्रतिपक्षमा रहेर विश्वासको मत दिएको ओलीको भनाइ थियो । ‘पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने ? मान्छे उही हो, पोहोर पनि नेपाली कांग्रेस सरकारमा थिएन,’ ओलीले भने । 

पोहोर दुई महिनामै सरकार परिवर्तन गर्दा अस्थिरता भएन, तर अहिले सरकार परिवर्तन गर्दा कसरी अस्थिरता भयो भनेर पनि ओलीले प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप