ओलीले कांग्रेसलाई सोधे– पोहोर विश्वासको मत दिन हुने, अहिले किन नहुने ? (भिडियो सहित)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसतिर लक्षित गर्दै प्रधानमन्त्रीलाई यस पटक विश्वासको मत दिन किन नमिल्ने भनेर प्रश्न गरेका छन् ।
बुधबार प्रनिधिसभामा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै ओलीले गत वर्ष विपक्षमा रहेकै अवस्थामा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको स्मरण गराए । सोही अनुरुप अहिले विश्वासको मत दिन किन नमिल्ने भनेर उनले प्रश्न गरे ।
पोहोर साल आफूले प्रस्ताव गरेर दाहाललाई प्रधानमन्त्री बनाएको तर कांग्रेसले प्रतिपक्षमा रहेर विश्वासको मत दिएको ओलीको भनाइ थियो । ‘पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने ? मान्छे उही हो, पोहोर पनि नेपाली कांग्रेस सरकारमा थिएन,’ ओलीले भने ।
पोहोर दुई महिनामै सरकार परिवर्तन गर्दा अस्थिरता भएन, तर अहिले सरकार परिवर्तन गर्दा कसरी अस्थिरता भयो भनेर पनि ओलीले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण