मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति निर्वाचनमा ट्रम्प र बाइडेनबिच ‘रि-म्याच’

बुधबार, ३० फागुन २०८०, १३ : १८
बुधबार, ३० फागुन २०८०

वासिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचनको उम्मेदवार चयनमा राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक सङ्ख्यामा डेलिगेट्स हासिल गरेका छन् । योसँगै नोभेम्बरमा हुने निर्वाचनमा बाइडेन र ट्रम्पले आ–आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार हुनेछन् । 

मंगलबार चार राज्य, एक अमेरिकी क्षेत्र र विदेशमा बसोबास गरिरहेका डेमोक्रेटहरु लागि प्राथमिक निर्वाचन भएको थियो । यसको नतिजा आएसँगै यस वर्षको राष्ट्रपति निर्वाचनमा पनि  सन् २०२० मा झैँ बाइडेन र ट्रम्प एक अर्काको आमनेसामने भएका छन् । मनोयनबारे घोषणा भने यही पार्टी अधिवेशनबाट औपचारिक रूपमा गरिनेछ । डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका नेता हुन् भने जो बाइडेन डेमोक्रेटिक पार्टीका नेता हुन् ।

डेमोक्रेट पार्टीमा बाइडेनविरुद्ध कुनै गम्भीर प्रतिद्वन्द्वी उभिएका थिएनन्, त्यसैले उनी राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित थियो । तर उनको उमेरले राष्ट्रपतिको रूपमा उनले भूमिकाहरू निर्वाह गर्न सक्ने क्षमताबारे प्रश्न उठिरहेको छ । 

ट्रम्पले भने आफ्नै पार्टीभित्र गम्भीर चुनौतीको सामना गरेका थिए । तर उनी पार्टी भित्र निकै लोकप्रिय बनेर उदाए । हरेक प्राइमरीमा उनले उत्साहजनक जित हात पारेका थिए ।  निक्की हेलीले हालै मात्र आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् । 

अमेरिकी राजनीतिमा राष्ट्रपतिको चुनावमा आफ्नो दाबी पेस गर्न दलहरूभित्र चुनाव हुन्छ । यी चुनावमा उम्मेदवारहरूले दलभित्रै बाट आफ्नो लागि समर्थन जुटाउनुपर्छ । यो दौडमा जितेपछि मात्रै पार्टीको अध्यक्षमा कसैलाई उम्मेदवार बनाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप