सांसद् चौधरीकाे प्रश्न : एउटा अर्थमन्त्रीको सिद्धान्त तथा प्राथमिकतामा अर्को मन्त्रीले कसरी जवाफ दिन्छन् ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवम् प्रतिनिधिसभाका सांसद् मेटमणि चौधरीले सांसद्हरु बडो अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । बिहीबारदेखि संसद्मा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता माथिको छलफलमा सांसद्हरु प्रश्न तथा जिज्ञासा राख्नेमा सम्बन्धित अर्थमन्त्रीले नै जवाफ दिनुपर्नेमा फरक मन्त्रीले सोको सामना गर्नुपर्ने अवस्था सिर्जना भएकोमा आफूहरू अप्ठ्यारोमा परेको बताएका हुन् ।
सांसद् चौधरीले भने, ‘एउटा अर्थमन्त्रीले ल्याएको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामा अर्को मन्त्रीले अब कसरी जवाफ दिन्छन् ?’ यसका लागि प्रश्नकर्ता सांसद्हरु मात्र नभएर जवाफ दिने अर्थमन्त्री वर्षमान पुन पनि अप्ठेरोमा पर्ने बताउँदै सांसद चौधरीले ढिला नगरी प्रस्तुत विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संशोधन गरेर ल्याउन सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण