जीवनकुमार गुरुङविरुद्ध मुद्दा दर्ता गर्न सरकारी वकिलको राय
काठमाडौँ । १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयले राय दिएको छ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई राय दिएको हो ।
गुरुङबारेको अनुसन्धान प्रतिवेदन भन्सार कार्यालयले काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।
गुरुङ डिल्लीबजारमा संचालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृतका अनुसार गुरुङविरुद्ध शुक्रवार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्ने तयारी छ । भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उनीसँग १ अर्ब ४० करोड बिगो मागदावी लिन राय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण