पर्साबाट चारजना हुण्डी कारोबारी पक्राउ
वीरगन्ज । पर्साबाट चारजना हुण्डी कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले ४ लाखभन्दा बढी हुण्डीको रुपैयाँ तथा विभिन्न बैंकको चेकबुकसहित ४ जनालाई पक्राउ गरेको हो ।
आफ्नै घरबाट हुण्डी कारोबार गरिररहेको सूचना प्राप्त भएपछि छापामारी रकमसहित चार जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० निवासी कुनाल कुमार जैसवालको घरमा छापामारी गरेको जनाएको छ । कुनालको घरमा छापामारी गरेर वीरगन्ज वडा नम्बर १० का वीरेन्द्र साह तेली, रेखा कुमारी साह र जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी मितु कुमार कुर्मीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।
प्रहरीको विशेष टोलीले कुनाल किराना पसलबाट छापामारी गर्दा ४ लाख ३ हजार रुपैयाँसहित विभिन्न बैंकका चेकबुक, काटिएका चेक तथा बैंकमा जम्मा गरिएका डिपोजिट स्लीपहरु बरामद गरेको जनाएको छ ।
उनीहरूको साथबाट विभिन्न बैंकका चेकबुक १३, काटिएको चेक ६६ थान र विभिन्न बैंकमा डिपोजिट स्लिपहरूसमेत बरामद गरिएको प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।
पक्राउ परेका चारै जनामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रवक्ता थापाले बताए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जनाउको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण