साबिक विजेता मुम्बईलाई हराउँदै बैंग्लोर फाइनलमा
बैंग्लुरु । वुमन्स प्रिमियर लिग (डब्लूपीएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर पछिल्लो विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । अब रोयल च्यालेन्जर्स बैंग्लोरले आइतबार फाइनलमा दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।
राजधानी दिल्लीमा शुक्रबार भएको एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई रोमाञ्चक रूपमा ५ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको आरसीबीको टोलीले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
टोलीका लागि एलिस पेरीले सर्वाधिक ६६ रन बनाएकी थिइन् । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भइन् ।
जवाफमा मुम्बई इन्डियन्सले ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि हरमनप्रीत कौरले सर्वाधिक ३३ रन बनाइन्। अमेलिया केरले २७ रनको योगदान दिएकी थिइन् ।

डब्लूपीएलको पहिलो सिजन (२०२३) को विजेता मुम्बई इन्डियन्सलाई फाइनलमा पुग्न अन्तिम ओभरमा १२ रन जोड्नु परेको थियो। तर आशा शोभनाको चुस्त बलिङका कारण टोलीले यो लक्ष्य हासिल गर्न सकेन । यस ओभरमा ६ रन मात्र बन्यो । यसरी आरसीबीले फाइनलमा आफ्नो स्थान पक्का गर्यो ।
यस पटकको डब्लूपीएल मा शीर्ष स्थानमा रहेका कारण दिल्ली क्यापिटल्स यसअघि नै फाइनलमा पुगेको छ । पछिल्लो पटक पनि दिल्ली क्यापिटल्स फाइनलमा पुगेको थियो ।
यस वर्षको डब्ल्यूपीएलमा जम्मा पाँच टोलीको सहभागिता रहेको थियो । यो प्रतियोगिता देशका दुई सहर बैंगलोर र दिल्लीमा मात्र आयोजना गरिएको हो । २३ फेब्रुअरीबाट सुरु भएको यस प्रतियोगिताको फाइनल आइतबार अर्थात् १७ मार्चमा दिल्लीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण