रौतहटका ६ युवाले सुरु गरे अयोध्यासम्मको पैदल यात्रा
शनिबार, ०३ चैत २०८०, १४ : ०२
रौतहट । रौतहटको राजापुर नगरपालिकाका ६ युवक भारतको अयोध्या धामसम्म पैदल यात्रामा निस्किएका छन् । अयोध्या धाममा हालै उद्घाटन भएको श्रीराम लगायत मन्दिरहरूमा दर्शन गर्ने उद्देश्य लिएर उनीहरुले शनिबारदेखि पैदल यात्रा सुरु गरेका हुन्।
धार्मिक यात्रामा निस्केका युवाहरूको टोलीमा राजापुर नगरपालिका ५ का २५ वर्षीय सुरेन्द्र साह, सोही उमेर समूहका रमेश साह, शम्भु यादव, रुपेश साह, हरिनारायण साह र लालबाबु साह रहेका छन्।
राजपुरदेखि पैदल हिँडेर ७ दिनमा अयोध्या धाम पुग्ने लक्ष्य रहेको उनीहरूले बताएका छन्। धार्मिक यात्राका लागि निस्कँदा उनीहरूलाई राजापुर ५ का वडा अध्यक्ष कृष्णन्दन साह लगायतले खाँदा ओढाएर बिदाइ गरेका छन्
राजापुरबाट उनीहरू बंकुल बजार, बाराको काचोर्वा नाका हुँदै भारत प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण