रौतहटका ६ युवाले सुरु गरे अयोध्यासम्मको पैदल यात्रा
शनिबार, ०३ चैत २०८०, १४ : ०२

रौतहट । रौतहटको राजापुर नगरपालिकाका ६ युवक भारतको अयोध्या धामसम्म पैदल यात्रामा निस्किएका छन् । अयोध्या धाममा हालै उद्घाटन भएको श्रीराम लगायत मन्दिरहरूमा दर्शन गर्ने उद्देश्य लिएर उनीहरुले शनिबारदेखि पैदल यात्रा सुरु गरेका हुन्।
धार्मिक यात्रामा निस्केका युवाहरूको टोलीमा राजापुर नगरपालिका ५ का २५ वर्षीय सुरेन्द्र साह, सोही उमेर समूहका रमेश साह, शम्भु यादव, रुपेश साह, हरिनारायण साह र लालबाबु साह रहेका छन्।
राजपुरदेखि पैदल हिँडेर ७ दिनमा अयोध्या धाम पुग्ने लक्ष्य रहेको उनीहरूले बताएका छन्। धार्मिक यात्राका लागि निस्कँदा उनीहरूलाई राजापुर ५ का वडा अध्यक्ष कृष्णन्दन साह लगायतले खाँदा ओढाएर बिदाइ गरेका छन्
राजापुरबाट उनीहरू बंकुल बजार, बाराको काचोर्वा नाका हुँदै भारत प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
-
गोवामा जात्राको क्रममा भागदौड, ७ जनाको मृत्यु, घाइते २० को अवस्था गम्भीर
-
जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
-
अस्ट्रेलियामा आम चुनावको मतदान सुरु
-
२५ दिनमा सकियो ‘अभिमन्यु’को छायाङ्कन
-
पृथ्वीबारे १० रोचक तथ्य