मोरङ रङ्गेलीमा सन्थाल समुदायका २२ घर जले
शनिबार, ०३ चैत २०८०, १८ : २६
विराटनगर । मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्ती आगलागीले सखाप भएको छ । उक्त टोलमा रहेका २२ वटा घर आगलागीका कारण जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो अढाई बजेतिर सुरु भएको आगलागी नियन्त्रण आइ नसकेको स्थानीयले बताएका छन् । टोलमा सन्थाल समुदायका बाक्ला घर थिए । पश्चिमबाट हावा पनि लागिरहेकोले आगो समयमा नियन्त्रण गर्न नसकेको स्थानीय बताउँछन् । बाँस, सन्ठी र पराल मिलाएर, टाटीले बेरा लगाएका घर बाक्लो अवस्थामा रहेको कारण आगो छिटो फैलिएको थियो ।
कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरका वारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । क्षति विवरण भने आइ सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण