विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा रफाहमाथिको आक्रमण रोक्न आग्रह
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा भइरहेको स्थलगत आक्रमण रोक्न इजरायललाई आग्रह गरेका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले ट्वीटरमार्फत जारी सन्देशमा लेखेका छन्, ‘रफाहमाथि इजरायलले स्थलगत आक्रमण गर्ने योजनाले मलाई निकै चिन्तित तुल्याएको छ ।’
उनले भनेका छन्, ‘घना बस्ती भएको यस क्षेत्रमा हिंसाको थप वृद्धिले धेरैको मृत्यु र पीडा निम्त्याउनेछ । विशेषगरी स्वास्थ्य संस्थाहरू पहिले नै क्षमताभन्दा बढी सेवा दिन बाध्य भइरहेका छन् । आक्रमणपछि यहाँको स्वास्थ्य अवस्था थप अस्तव्यस्त हुनेछ ।’
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार रफाहमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन् । डब्ल्यूएचओ प्रमुख टेड्रोसले यो मानवीय विपत्तिलाई अझ खराब हुन दिनु नहुने बताउँदै इजरायललाई सैन्य अभियान अघि नबढाउन र ‘मानवताको लागि’ शान्तिको बाट तय गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण