आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तिलिचो तालभन्दा माथि भिडियो बनाएर विश्व कीर्तिमान

आइतबार, ०४ चैत २०८०, १३ : २५
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । ‘अटल बाचा गरे’ बोलको गीतको म्युजिक भिडियो तिलिचो तालभन्दा माथि अर्थात ५ हजार १०५ मिटरको उचाइमा छायाङ्कन गरेर ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्ड कायम गर्ने अभिनेता तथा निर्माता राजेन्द्र लुइँटेलसहित उनको टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई भेट गर्दै  माला तथा दोसल्ला ओढाउँदै बधाई दिएका हुन् । सो गीत गीतकार डा.डिआर उपाध्यायले लेखेका हुन् । सन्तोष श्रेष्ठ र सागर अधिकारी शरदको संगीत रहेको गीतमा रवि ओड र सुनिता कार्कीको स्वर छ । भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । 

कार्यक्रममा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान मार्फत देशको नाम फरक ढंगबाट चिनारी गराइएको भन्दै सबैको प्रशंसा समेत गरेका थिए । सञ्चारकर्मी समेत रहेका लुइँटेल लगायतको टिमले यस अगाडी पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट गिनिज अफ वर्ल्ड रेकर्डको प्राप्त गरेको थियो ।

निर्माता लुइँटेलले यस अगाडि पनि विभिन्न काम मार्फत  भारतको प्रतिष्ठित दादा साहेब इन्डियन टेलिभिजन अवार्ड, युरोपियन वर्ल्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड लगायत थुप्रै सम्मान प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप