आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

नेसपा केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु, महिन्द्र पक्षले गर्‍यो बहिष्कार

आइतबार, ०४ चैत २०८०, १३ : ४१
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । विभाजन उन्मुख भएको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ । आइतबार केन्द्रीय कार्यालय तीनकुनेमा बैठक सुरु भएको कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए ।

२४ जना कार्यकारिणी सदस्य रहेको नेसपामा १८ जना सहभागी भएका छन् । बाँकी तीन जना बाहिर जिल्लाबाट आउँदै गरेको उनले जानकारी दिए ।

अर्का अध्यक्ष महिन्द्र राययादव पक्षले भने बैठक बहिष्कार गरेका छन् । आफूहरूलाई थाहै नदिई बैठक बोलाएको भन्दै उनीहरूले  बैठक बहिष्कार गरेका हुन् ।

यता आफूहरूलाई थाह नै नदिई शनिबार माओवादी केन्द्र र महिन्द्र पक्षले एकता गर्ने निर्णय गरेपछि अध्यक्ष बाबुराम आक्रोशित भएका छन् । कारबाही सम्बन्धमा बैठकले निर्णय लिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप