सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख र सलमानसँग फिल्म खेल्न चाहन्छन् आमिर खान

आइतबार, ०४ चैत २०८०, १४ : ३८
आइतबार, ०४ चैत २०८०

नयाँ दिल्ली । भारतीय अभिनेता आमिर खानले बलिउडका अन्य दुई खानसँग फिल्म खेल्न चाहेको बताएका छन् । आमिरले शुक्रबार आफ्नो ५९ औं जन्मदिन मनाएका थिए । यसै क्रममा उनले इन्स्टाग्राम लाइभ सेसनमार्फत फ्यानहरूसँग अन्तरक्रिया गरेका थिए ।

एक जना फ्यानले शाहरुख र सलमान खानसँग काम गर्ने विषयमा प्रश्न गरेका थिए । जसको जवाफमा आमिरले तीनै जनासँगै फिल्म गर्न तयार रहेको बताएका हुन् ।

तीनै जनाले यस विषयमा कुरा गरेको आमिरको भनाई छ । फ्यानका लागि आफूहरू एउटै फिल्ममा आउनुपर्छ भन्ने तीनै जनालाई लागेको पनि उनले बताए ।

‘मलाई पनि लाग्छ कि हामी तीनै जनाले फिल्ममा सँगै काम गर्नुपर्छ । म, सलमान र शाहरुखले यसबारेमा कुरा गरेका छौँ कि हामी तीनै जनालाई एउटै फिल्ममा काम गर्न जरुरी छ’ आमिरले भनेका छन् । 

राम्रो कथा पाउने बित्तिकै आफूहरू सँगै देखिने आशा उनले व्यक्त गरेका छन् । आफूहरू तीनै जना एक अर्कासँग काम गर्न निकै उत्सुक भएको अनि यसका लागि सही समय चाहिएको पनि उनले बताए ।

आमिर, शाहरुख र सलमान ३० वर्षदेखि बलिउडमा काम गरिरहेका छन् । उनीहरुले एक अर्काको फिल्ममा मुख्य भूमिका खेलेका छैनन् । क्यामियो चाँहि गरेका छन् ।

आमिर र सलमानले फिल्म ‘अंदाज अपना अपना’मा सँगै काम गरेका छन् । तर शाहरुख र आमिर कुनै पनि फिल्ममा एक साथ मुख्य भूमिका खेलेका छैनन् । शाहरुखले आमिरको फिल्म लालसिंह चड्ढामा क्यामियो गरेका थिए ।

‘अंदाज अपना अपना २’ को स्क्रिप्टमा काम गर्दैछन् राजकुमार सन्तोषी

लाइभ सेसनमा आमिरले राजकुमार सन्तोषीको फिल्म अन्दाज अपना अपना २ को स्क्रिप्टमा काम गरिरहेको बताएका थिए । ‘मैले भर्खरै थाहा पाए कि राजकुमार सन्तोषी ‘अंदाज अपना अपना’को स्क्रिप्टमा काम गरिरहेका छन् । यो हामीहरू सबै अनि दर्शकका लागि हेर्न उत्कृष्ट फिल्म हुने आशा छ’ भनेका थिए ।

अन्दाज अपना अपना सन् १९९४ मा आएको फिल्म हो । यस फिल्ममा आमिर, सलमान, रविना टण्डन र करिश्मा कपूर मुख्य भूमिकामा देखिएका थिए । यो फिल्म अहिले पनि भारतीय सिनेमाको उत्कृष्ट कमेडी फिल्म मध्ये एकमा पर्दछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप