जाँचबुझ आयोगले त्रुटि औँल्याएको विषयमा अनुसन्धान थाल्छौँ : सीआईबी प्रमुख
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीले सुन तस्करी जाँचबुझ आयोगले त्रुटि औँल्याएको विषयमा अनुसन्धान सुरु गर्ने बताएका छन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख कृष्ण बहादुर महरा सहितका ७ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।
आयोगको प्रतिवेदन हालसम्म प्राप्त नभएको उल्लेख गर्दै ज्ञवालीले भने, ‘आयोगले थप अनुसन्धान गर्नुपर्ने विषयमा अनुसन्धान गरेर मुद्दा अघि बढाउँछ।’
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुन र ब्रेक प्याडमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुनको अनुसन्धानमा सीआईबीको गम्भीर त्रुटि देखिएको आयोगको निष्कर्ष छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले साढे ५ महिना जाँचबुझ गरेर अनुसन्धानमा त्रुटि रहेको निष्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको सुन र भेपमा लुकाएर २०७९ पुस १० मा काठमाडौँ ल्याएको सुनबारे ब्युरोले पुनः अनुसन्धान गर्ने भएको छ ।
अनुसन्धान गर्दा ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जय सिंह थापा र डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालले गम्भीर ‘त्रुटि गरेको आयोगको ठहर छ । आयोगले बज्राचार्य सहित चारै जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
सीआईबीले बुझेका तर, मुद्दा नचलाएका ७ जनालाई आयोगले पूरक अभियोगमार्फत मुद्दा लैजान सिफारिस गरेको छ । आयोगले पूर्व सभामुख कृष्ण बहादुर महरा, वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्स, मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।
सुबु केसी र भीमकान्त भण्डारीबारे थप अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ । प्रतिवेदन अध्ययन गरेपछि थप गर्नुपर्ने पाटोमा अनुसन्धान सुरु गरिने प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले बताए । ज्ञवालीले भने, ‘प्रतिवेदन अध्ययन गरेपछि हामी अनुसन्धानको पाटोमा अघि बढ्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण