आरतीको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ
धनुषा । माइती पक्षले हत्याको आरोप लगाउँदै आएको आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५ वर्षीया साहलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
साहको हत्या मुद्दामा सासू रेणु फरार प्रतिवादी थिइन् । यसअघि प्रहरीले यही मुद्दामा आरतीका देवर रवि साहलाई पनि २३ फागुनमा पक्राउ गरेको थियो । आरतीका पति मोतिबाबु भने हाल पुर्पक्षका लागि थुनामा छन् ।
जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती गत ७ जेठमा घरमै मृत अवस्थामा फेला परेकी थिइन् । आरतीका बाबुआमाले भने दाइजोका कारण परिवारकै सदस्यको संलग्नतामा उहाँको हत्या भएको दाबी गर्दै सासू, ससुरा, श्रीमान्, देवरलगायतविरुद्ध जाहेरी दिएको थियो । सुरुमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा पति मोतिबाबु र ससुरा मदनमोहनमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै उच्च अदालत जनकपुरले उनीहरुलाई तारेखमा छाड्न आदेश दिएको थियो ।
आरती साहको बाबु, आमा र भाइबहिनीले काठमाडौँमा लामो समयसम्म यो घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए । पछि सर्वोच्च अदालतले भने श्रीमान् मोतिबाबुलाई थुनामा राख्न र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
रवि लामिछाने गृहमन्त्री भएपछि आन्दोलनरत साहका माइतपक्षसँग केही दिनअघि गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत घटनाको पुनःअनुसन्धान गर्नेलगायत पाँचबुँदे सहमति गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण