वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरलाई
बैंग्लुरु । रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो पटक वुमन्स प्रिमियर लिगको उपाधि जितेको छ । टोलीले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको हो । लिगमा दिल्लीमाथि बेंगलुरुको यो पहिलो जित पनि थियो। यसअघि दुई टोलीबिच भएका ४ खेल दिल्लीले जितेको थियो ।
नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा आइतबार टस जितेर ब्याटिङमा आएको दिल्ली क्यापिटल्स १८.३ ओभरमा ११३ रनमा अलआउट भयो। जवाफमा बैंगलोरले १९.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पछ्यायो ।
एलिस पेरीले अविजित ३५ र ऋचा घोषले १७ रनको योगदान दिएकी थिइन् । सोफी डिभिनले ३२ र कप्तान स्मृति मन्धानाले ३१ रन जोडिन् ।
११४ रनको सहज लक्ष्य बेङ्लुरुका ब्याट्सम्यानले निकै संयमित ढंगले पछ्याएका थिए । कप्तान स्मृति मन्धाना र सोफी डिभिनको ओपनिङ जोडीले टोलीको जितको जग बसाल्यो । दुवैले ४९ बलमा ४९ रनको ओपनिङ पार्टनरसिप गरे । त्यसपछि स्मृतिले कप्तान एलिस पेरीसँगै टोलीको स्कोर ८२ रनमा पुर्याइन् ।
स्मृति आउट भएपछि पेरीले कमान्ड लिइन् र ऋचा घोष (नटआउट १७) सँगै टोलीलाई लक्ष्यमा पुर्याइन्। दिल्लीका शिखा पाण्डे र मिन्नु मणिले एक–एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले शेफाली वर्मा र कप्तान मेग ल्यानिङको साथमा राम्रो सुरुवात गरेको थियो । दुवैले ४३ बलमा ६४ रनको ओपनिङ पार्टनरसिप गरे । यहाँबाट टोलीले ठुलो स्कोर बनाउने देखिएको थियो तर ओपनर शेफाली वर्मा आउट हुनेबित्तिकै दिल्लीको पतन सुरु भयो । टोलीले ५५ रनमा थप ९ विकेट गुमाएको थियो ।
कप्तान मेग ल्यानिङले इनिङ्सलाई सम्हाल्ने असफल प्रयास गरिन् । टोलीका बाँकी ब्याट्सम्यानले खास केही गर्न सकेनन् । दिल्लीका लागि ओपनर शेफाली वर्माले २७ बलमा ४४ रनको इनिङ खेलिन् भने कप्तान मेग ल्यानिङले २३ रनको योगदान दिइन् ।
बैंगलोरका लागि श्रेयंका पाटिलले ४ विकेट लिइन् भने सोफी मोलिनक्सले ३ विकेट लिइन् । आशा शोभनाले दुई विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण