दोस्रो टी–२० मा अफगानिस्तान विजयी

काठमाडौं । आयरल्याण्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । सारजाहमा आइतबार राति भएको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई १० रनले पराजित गरेको हो ।
पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५२ रन बनाएको थियो । जवाफमा आयरल्याण्ड निर्धारित ओभरमा ८ विकेट गुमाएर १४२ रनमा रोकियो ।
टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले सुरुआत निकै नराम्रो गरेको थियो । अफगानिस्तानले १४ रन बनाउँदा ४ विकेट गुमाएको थियो । त्यसपछि सेदुल अटल र मोहमद नावीले पारि सम्हालेका थिए । सेदुल ३५ रनमा रनआउट हुँदा अफगानिस्तानले ५ विकेट गुमाएर ९३ रन बनाएको थियो । यसैगरी मोहमद नावीले ५९ रन बनाएको थियो । कप्तान रासिद खानले २५ रन बनाए । आयरल्याण्डका मार्क एडिरले तीन विकेट लिँदा जोस लिटल र बेरी म्याकार्थीले दुई/दुई विकेट लिए ।
१५३ रनको लक्ष्यसहित मैदान उत्रिएको आयरल्याण्डले सुरुआत राम्रो गरेको थियो । तर मिडिलि अर्डरमा खेलाडी चल्न नसक्दा टिमले जित निकाल्न सकेन । एन्डे बालब्रेनले ४५ रन बनाउँदा कप्तान पौल स्टर्लिङले २४ रन बनाए । अर्का खेलाडी ग्रेथ डेलेनीले ३९ रन जोडे बनाए पनि जित दिलाउन असफल भए । अफगानिस्तानका स्टार स्पिनर रासिद खानले ४ विकेट लिँदा नानगेयालिया खरोटेले दुई विकेट लिए । अफगानिस्तानले जित निकालेसँगै सिरिज एक एकको बराबरीमा आएको छ । अब सिरिजको छिनोफानो तेस्रो टी–२० बाट हुने छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट