समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीहरूलाई काठमाडौँ महानगरको अपिल
सोमबार, ०५ चैत २०८०, १० : ०८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरकारीबाट लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ ।
महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
पछिल्लो समय ऋण नतिरे मिनाहा हुने भन्ने अफवाहका भरमा ऋणीहरूले ऋण नतिर्दा कारोबार प्रभावित हुने अवस्था बनेको भन्दै विभागले ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्था भएकोप्रति समेत ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला