गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन
मनाङेलाई भौतिक मन्त्रालय, सामाजिक विकासको जिम्मेवारी जिसीलाई
सोमबार, ०५ चैत २०८०, १४ : ०३
पोखरा । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक मन्त्रीको रुपमा सपथ गराउन प्रदेश प्रमुखलाई पत्र पठाएका छन् ।
आजै दिउँसो साढे ३ बजे मनाङेको सपथ छ । यसअघि माओवादीको कोटामा रहेको भौतिक मन्त्रालय अब मनाङेलाई दिन लागिएको हो । यस्तै रिक्त रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृषि मन्त्री महेन्द्रध्वज जिसीलाई दिइएको छ ।
दुवै मन्त्रालयमा यसअघि माओवादीका मन्त्रीले नेतृत्व गरेका थिए । केन्द्रीय समिकरण फेरिएपछि दुवैजनालाई मुख्यमन्त्री पाण्डेले बर्खास्त गरेका हुन् । लगत्तै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । चैत २१ भित्र पाण्डेले विश्वासको मत लिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण