२२–२३ खर्बको बजेट ल्याएर तीव्र गतिमा विकास गर्नुपर्छ : सांसद आले
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रेम आलेले सरकारलाई २२ देखि २३ खर्बको बजेट ल्याउन आग्रह गरेका छन् । हाल १६–१७ खर्बको बजेट ल्याउने गरिएकोमा यसले विकासका गतिविधि अघि बढाउन अपुग भएको भन्दै सरकारले २३ खर्ब बढीको बजेट ल्याएर विकासलाई तीव्र गति दिनुपर्ने उनले बताए ।
पूर्वमन्त्री समेत रहेका उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भने, ‘१७ खर्बको बजेट होइन अब कम्तीमा २२–२३ खर्ब बजेट ल्याउनुपर्छ । अनि मात्र धेरै क्षेत्रमा विकासका गतिविधि अघि बढाउन सकिन्छ ।’ तथापि, यता भने सरकारले साढे १७ खर्बको बजेट ल्याउँदा सो समेत खर्च गर्न नसकेर खर्चको लक्ष्य घटाउनुपरेको छ ।
सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत विनियोजित बजेटको २ खर्ब २१ अर्ब रुपैयाँ खर्च लक्ष्य घटाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण