लागु औषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट लागु औषधसहित नेपाल प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी चोकबाट अवैध लागु औषध गाँजा २ किलोसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ घर भएका २२ वर्षीय बालकृष्ण श्रेष्ठ भन्ने रोशन श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्रामसहित कैलाली कैलारी गाउँपालिका-१ हसुलिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता बाँकेको बैजनाथ गाउँपालिका-४ नौलापुरबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माने भन्ने २१ वर्षीय मिलन थापा र १९ वर्षीय बिमल वली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मिलन थापाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस्तै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-११ कपन त्रिवेणी चोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भएका २३ वर्षीय राम बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता कास्कीको पोखरा महानगरपालिका-१२ नहरचोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र नगद १३ हजार रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० अस्पताल चोक बस्ने ४९ वर्षीय नारायण बहादुर खत्री र स्याङजा घर भएका ५३ वर्षीय लोक बहादुर सेन ठकुरी रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग.१० प ५०६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा एमालेले पुरानै अनुहार दोहोर्याउने
-
नेप्से परिसूचक घट्दा पनि बोटलर्स नेपाल तराईका लगानीकर्ता मालामाल
-
३ तहका सरकारले दिने बिदामा एकरुपता किन छैन ?
-
ओलीलाई वामदेवले भने– ‘गल्ती महसुस गरेँ, फर्कन हाइलेभलको निर्णय पर्खिरहेको छु’
-
१५ हजार मासिक तलब खाने कर्मचारीको घरमा ३० करोड भेटियो
-
पार्टीभित्र कुनै विवाद छैन, विभाजनको कुरा हल्ला मात्र हो : उपाध्यक्ष भुसाल