शिक्षा समितिको सभापतिका लागि थापाको उम्मेदवारी दर्ता
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । मङ्गलबार संसद् भवनमा नेकपा (एकीकृत समाजवादी) का सांसद थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी) बाटै वर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी थिए । जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो । रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरे । उनले बाँकी दिनमा शिक्षामा रहेका जटिलताहरूलाई समाधान गर्नेगरी अघि बढ्ने बताए । उनले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा समितिमा गतिका साथ काम गर्ने प्रतिबद्धता जनाए । उनले शिक्षामा प्रतिस्पर्धा कसरी गराउन सकिन्छ ? भन्नेबारेमा आफूले कम गर्ने बताए । उनले शिक्षालाई पहिलो रोजाइको बनाउने गरी काम गर्ने बताए ।
उनले भने, ‘सर्वसम्मत होस् भन्ने चाहना छ । सबै साथीहरूले मलाई रुचाउनुहुन्छ भन्ने लाग्छ । बाँकी दिनमा शिक्षामा जुन जटिलता छ, त्यो जटिलतालाई कसरी पन्छाएर सहजता बनाउने भन्नेमा गम्भीर रूपले लाग्नेछु । शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा मिनी संसद्को हिसावले गतिका साथ अघि बढाउनेछु । देशमा शिक्षाका लागि गुणस्तर ढङ्गले अघि बढाउने पक्षमा छु । शिक्षामा प्रतिस्पर्धा कसरी गराउन सकिन्छ ? यो कानुन कसरी ल्याउन सकिन्छ भन्नेमा म छु । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु ।’
थापाको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहेका छन् । समिति सभापतिको निर्वाचन चैत्र ७ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण