अब गुनगुनाएरै खोज्न सकिनेछ युट्युबमा गीत
काठमाडौँ । कहिलेकाहीँ हामीलाई कुनै गीत सुन्न परेको हुन्छ । त्यसको धुन त याद हुन्छ तर बोल यादै हुन्न ।
मनमा आएको गीत मुखमा केही गरेपनि आउँदैन । चाहँदा चाहँदै पनि त्यो गीत खोज्न वा सुन्न सक्दैनौँ । तपाईँलाई पनि बेला बेलामा यस्तो भएको हुनुपर्छ । तर अब युट्युबले यो समस्या समाधान गरेको छ ।
युट्युब म्युजिकमा गुनगुनाएरै गीत खोज्न सकिनेछ । युट्युबले आफ्नो अपडेट जारी गरेको छ । नयाँ फिचर बिस्तारै युट्युब प्रयोगकर्ताले पाउने बताइएको छ । खबरका अनुसार युट्युब एपमा गुनगुनाएर गीत गाएर खोज्न छुट्टै सर्च बार हुनेछ । यो फिचर पहिलो पटक गत वर्ष अक्टोबरमा बिटा परीक्षणका रूपमा मोबाइल एपमा देखिएको थियो । नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले कुनै पनि गीत बोलेर, गाएर वा गुनगुनाएर खोज्न सक्नेछन् ।
यो फिचर प्रयोग गर्न पनि अति नै सजिलो छ । युट्युब म्युजिक एपमा गएर सर्च बारमा क्लिक गर्नुपर्नेछ । यसमा तपाईँले भ्वाइस र गीत गरी दुई विकल्प पाउनुहुनेछ । भ्वाइस सर्चमा बोलेर कुनै पनि गीत खोज्न सकिनेछ भने गीत सर्चमा भने गुनगुनाएर गीत खोज्न सकिन्छ ।
युट्युब म्युजिकको यो फिचरले गुगल असिस्टेन्ट र गुगल सर्चलाई पनि सपोर्ट गर्नेछ । पिक्सेल फोन प्रयोगकर्ताहरूसँग भने नाउ प्लेइङ फिचर पनि छ । यसको मद्दतले कुनै पनि गीत खोज्न सकिनेछ । गत हप्ता मात्रै युट्युबले अजरबैजान, काजाकिस्तान, लिबिया, मोरक्को, रियुनियन, तान्जानिया, युगान्डा, यमन, जिम्बाबेजस्ता अन्य १० देशहरूमा प्रिमियम सब्सक्रिप्शन सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण