अब गुनगुनाएरै खोज्न सकिनेछ युट्युबमा गीत

काठमाडौँ । कहिलेकाहीँ हामीलाई कुनै गीत सुन्न परेको हुन्छ । त्यसको धुन त याद हुन्छ तर बोल यादै हुन्न ।
मनमा आएको गीत मुखमा केही गरेपनि आउँदैन । चाहँदा चाहँदै पनि त्यो गीत खोज्न वा सुन्न सक्दैनौँ । तपाईँलाई पनि बेला बेलामा यस्तो भएको हुनुपर्छ । तर अब युट्युबले यो समस्या समाधान गरेको छ ।
युट्युब म्युजिकमा गुनगुनाएरै गीत खोज्न सकिनेछ । युट्युबले आफ्नो अपडेट जारी गरेको छ । नयाँ फिचर बिस्तारै युट्युब प्रयोगकर्ताले पाउने बताइएको छ । खबरका अनुसार युट्युब एपमा गुनगुनाएर गीत गाएर खोज्न छुट्टै सर्च बार हुनेछ । यो फिचर पहिलो पटक गत वर्ष अक्टोबरमा बिटा परीक्षणका रूपमा मोबाइल एपमा देखिएको थियो । नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले कुनै पनि गीत बोलेर, गाएर वा गुनगुनाएर खोज्न सक्नेछन् ।
यो फिचर प्रयोग गर्न पनि अति नै सजिलो छ । युट्युब म्युजिक एपमा गएर सर्च बारमा क्लिक गर्नुपर्नेछ । यसमा तपाईँले भ्वाइस र गीत गरी दुई विकल्प पाउनुहुनेछ । भ्वाइस सर्चमा बोलेर कुनै पनि गीत खोज्न सकिनेछ भने गीत सर्चमा भने गुनगुनाएर गीत खोज्न सकिन्छ ।
युट्युब म्युजिकको यो फिचरले गुगल असिस्टेन्ट र गुगल सर्चलाई पनि सपोर्ट गर्नेछ । पिक्सेल फोन प्रयोगकर्ताहरूसँग भने नाउ प्लेइङ फिचर पनि छ । यसको मद्दतले कुनै पनि गीत खोज्न सकिनेछ । गत हप्ता मात्रै युट्युबले अजरबैजान, काजाकिस्तान, लिबिया, मोरक्को, रियुनियन, तान्जानिया, युगान्डा, यमन, जिम्बाबेजस्ता अन्य १० देशहरूमा प्रिमियम सब्सक्रिप्शन सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
-
‘अपरेसन सिन्दुर’ भारतको बढ्दो सैन्य सामर्थ्यको प्रदर्शन
-
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
-
इजलासमा रवीन्द्र मिश्रका वकिलले सम्झिए बाबुराम, शेरबहादुर र ५२ सालको त्याे घटना
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था