भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री पुनले उक्त प्रस्ताव पेस गरेका हुन्। आजको बैठकमा विधेयकमाथि छलफल भएको छ ।
भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाइ अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन भन्दै सरकारले यो विधेयक संसद्मा दर्ता गराएको थियो ।
भन्सार महसुल सङ्कलनमा दक्षता र प्रभावकारिता अभिवृद्धि गरी देशको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले यो विधेयक संसद्मा दर्ता भएको हो । त्यसैगरी भन्सारको प्रक्रियाको सरलीकरण एवं सामञ्जस्यीकरणसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि (रिभाइज्ड क्योटो कन्भेन्सन) बमोजिमका प्रावधानलाई कानुनमा व्यवस्था गर्नका लागि पनि यो विधेयक ल्याइएको जनाइएको छ ।
नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । क्योटो महासन्धिमा भएको व्यवस्थाअनुसार सदस्य राष्ट्रहरुले सदस्य भएको तीन वर्ष सामान्य प्रावधान र पाँच वर्षभित्र सङ्क्रमणकालीन मापदण्ड कार्यान्वयनमा ल्याइसक्नुपर्ने हुन्छ । महासन्धिको उक्त व्यवस्था कार्यान्वयनका लागि पनि यो कानुनको मस्यौदा तयार पारेर संसद्मा दर्ता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक
-
‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने
-
‘ब्रुकलिन ब्रिज’मा ठोक्कियो मेक्सिकन नौसेना प्रशिक्षण जहाज
-
कतारमा नयाँ युद्धविराम वार्ता, हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव