लामिछाने र पुनलाई मन्त्रीबाट बर्खास्त गर्न माग गर्दै नेविसंघको राके जुलुस
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वर्तमान सरकारका मन्त्रीहरू काण्डै काण्डमा मुछिएको भन्दै बर्खास्तको मागसहित राके जुलुस निकालेको छ ।
नेविसंघले मंगलबार सहकारीको रकम अपचलन गरेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र सुन काण्डमा मुछिएका अर्थमन्त्री वर्षमान पुनलाई तत्काल बर्खास्त गर्न माग गर्दै रोके जुलुस निकालेको हो ।
पाटन क्याम्पस गेट अगाडिबाट नाराबाजीसहित राके जुलुस निकालिएको नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनिले बताए ।
वर्तमान सरकारका मन्त्रीहरू सहकारीको रकम अपचलन, सुन तस्कर, दोहोरो नागरिकता लगायतका काण्डै काण्डमा मुछिएकाले राजीनामाको माग गरिएको उनले बताए ।
‘वर्तमान सरकार काण्डै काण्डका नाइकेहरूको जथ्था भयो । तत्काल विभिन्न आरोप लागेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरिनुपर्छ भन्ने हाम्रो माग हो । त्यसैको विरोध स्वरूप हामीले राके जुलुस निकालेका छौँ,’ नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भने ।
उनीहरूलाई बर्खास्त नगरिए निरन्तर आन्दोलन जारी राख्ने नेविसंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण