बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लामिछाने र पुनलाई मन्त्रीबाट बर्खास्त गर्न माग गर्दै नेविसंघको राके जुलुस

मङ्गलबार, ०६ चैत २०८०, २० : ०२
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वर्तमान सरकारका मन्त्रीहरू काण्डै काण्डमा मुछिएको भन्दै बर्खास्तको मागसहित राके जुलुस निकालेको छ ।

नेविसंघले मंगलबार सहकारीको रकम अपचलन गरेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र सुन काण्डमा मुछिएका अर्थमन्त्री वर्षमान पुनलाई तत्काल बर्खास्त गर्न माग गर्दै रोके जुलुस निकालेको हो । 

पाटन क्याम्पस गेट अगाडिबाट नाराबाजीसहित राके जुलुस निकालिएको नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनिले बताए ।  

वर्तमान सरकारका मन्त्रीहरू सहकारीको रकम अपचलन, सुन तस्कर, दोहोरो नागरिकता लगायतका काण्डै काण्डमा मुछिएकाले राजीनामाको माग गरिएको उनले बताए । 

‘वर्तमान सरकार काण्डै काण्डका नाइकेहरूको जथ्था भयो । तत्काल विभिन्न आरोप लागेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरिनुपर्छ भन्ने हाम्रो माग हो । त्यसैको विरोध स्वरूप हामीले राके जुलुस निकालेका छौँ,’ नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भने ।

उनीहरूलाई बर्खास्त नगरिए निरन्तर आन्दोलन जारी राख्ने नेविसंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप