म्यानमारमा हवाई हमला, २५ रोहिंग्याको मृत्यु
म्यानमार । पश्चिमी म्यानमारमा सेनाको हवाई हमलामा २५ जना रोहिंग्या मुस्लिम मारिएका छन् । मृत्यु हुनेमा ६ बालबालिका पनि रहेका छन् । आक्रमणप्रति संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटरेसले चिन्ता व्यक्त गरेका छन् ।
समाचारहरूका अनुसार सोमबार राति भएको हवाई हमलामा राखाइन राज्यको मिनव्या टाउनशिपको उत्तरमा रहेको थाडा गाउँलाई निशाना बनाइएको थियो । यस हमलामा कम्तीमा २५ अन्य व्यक्ति घाइते भएको बताइएको छ । यस आक्रमणबारे सैन्य सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
मृत्यु हुनेमा ६ जना बालबालिका पनि
थाडाको रोहिंग्याहरु भएको गाउँ म्यानमारको दोस्रो ठुलो सहर मण्डलेबाट ३४० किलोमिटर टाढा छ । यहाँका ९० प्रतिशत मानिस बौद्ध धर्मावलम्बी छन् । सोमबार बिहान करिब १ः३० बजे दुई वटा बम खसेको बताइएको छ । यसमा २५ जनाको मृत्यु भएको थियो ।
सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेयता म्यानमारको सेनाले हवाई हमलाहरू बढाइरहेको छ । सन् २०२१ के ‘कू’यता एक हजार ६५२ हवाई आक्रमणमा ९३६ सर्वसाधारणको मृत्यु भएको छ भने ८७८ जना घाइते भएको एउटा प्रतिवेदनले देखाएको छ । यी हवाई आक्रमणमा १३७ धार्मिक भवन, ७६ विद्यालय र २८ अस्पतालमा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण