शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारमा हवाई हमला, २५ रोहिंग्याको मृत्यु

बुधबार, ०७ चैत २०८०, १० : १८
बुधबार, ०७ चैत २०८०

म्यानमार । पश्चिमी म्यानमारमा सेनाको हवाई हमलामा २५ जना रोहिंग्या मुस्लिम मारिएका छन् । मृत्यु हुनेमा ६ बालबालिका पनि रहेका छन् । आक्रमणप्रति संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटरेसले चिन्ता व्यक्त गरेका छन् । 

समाचारहरूका अनुसार सोमबार राति भएको हवाई हमलामा राखाइन राज्यको मिनव्या टाउनशिपको उत्तरमा रहेको थाडा गाउँलाई निशाना बनाइएको थियो । यस हमलामा कम्तीमा २५ अन्य व्यक्ति घाइते भएको बताइएको छ । यस आक्रमणबारे सैन्य सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

मृत्यु हुनेमा ६ जना बालबालिका पनि

थाडाको रोहिंग्याहरु भएको गाउँ म्यानमारको दोस्रो ठुलो सहर मण्डलेबाट ३४० किलोमिटर टाढा छ । यहाँका ९० प्रतिशत मानिस बौद्ध धर्मावलम्बी छन् । सोमबार बिहान करिब १ः३० बजे दुई वटा बम खसेको बताइएको छ । यसमा २५ जनाको मृत्यु भएको थियो । 

सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेयता म्यानमारको सेनाले हवाई हमलाहरू बढाइरहेको छ । सन् २०२१ के ‘कू’यता एक हजार ६५२ हवाई आक्रमणमा ९३६ सर्वसाधारणको मृत्यु भएको छ भने ८७८ जना घाइते भएको एउटा प्रतिवेदनले देखाएको छ । यी हवाई आक्रमणमा १३७ धार्मिक भवन, ७६ विद्यालय र २८ अस्पतालमा क्षति पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप