चिया निर्यात अनुदानका लागि ५ करोड २६ लाख नगद फुकुवा
बुधबार, ०७ चैत २०८०, १३ : ४२
काठमाडौँ । चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रमअन्तर्गत नगद अनुदानका लागि ५ करोड २६ लाख रुपैयाँ नगद अनुदान फुकुवा भएको छ । कोष व्यवस्थापन तथा प्रणाली विकास शाखाको अनुरोधमा महालेखा नियन्त्रक कार्यालयले ई.आइ.एफ.नगद अनुदानतर्फ विनियोजित बजेटमध्ये पछिल्लोपटक १७ लाख ९५ हजार ६६७ रुपैयाँ निकासा फुकुवा गरेको हो ।
यसअघि महालेखा नियन्त्रक कार्यालयले सोही शीर्षकमा ५ करोड ८ लाख ४२ हजार ८३२ रुपैयाँ निकासा फुकुवा गरेको थियो । योसँगै चिया निर्यात अनुदानमा हालसम्म निकासा फुकुवा भएको नगद अनुदान ५ करोड २६ लाख ३८ हजार ४९९ रुपैयाँ पुगेको छ । सरकारले यो वर्षका लागि चिया निर्यात अनुदानका लागि कूल ७ करोड ३९ लाख रुपैयाँ छुट्टयाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण