सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल काउन्टडाउन

आईपीएलको १७औँ संस्करण : कुन खेलाडी कुन टोलीमा ?

बुधबार, ०७ चैत २०८०, १५ : ४३
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण यसै महिना सुरु हुँदैछ । प्रत्येक वर्ष नियमित रुपमा सञ्चालन हुँदै आएको आईपीएलको यो १७औँ संस्करण हो । 

प्रतियोगिताको १७औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुनेछ । भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । पहिलो खेल मार्च २२ मा हुनेछ भने २१औँ खेल अप्रिल ७ तारिखमा खेलिने छ । 

हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो खेल साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच खेलिने छ । पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ । 

प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादको सहभागिता रहने छ । 

यसपटक पनि आईपीएलमा विश्वभरका चर्चित खेलाडीले विभिन्न टोलीबाट प्रतिस्पर्धा गर्दैछन् । अधिकांश खेलाडीलाई क्लबहरुले अक्सनमार्फत खरिद गरेका हुन् । यसपटक पनि चेन्नई सुपर किङ्स महेन्द्रसिंह धोनीको कप्तानीमा ओर्लने छ ।

चेन्नई सुपर किङ्समा डेभोन कनवे, अजिनक्या राहाने, रुतुराज गायकवाड, मोइन अली, रविन्द्र जडेजा, ड्यारल मिचेल, मिचेल सान्टनर, शिवम दुबे, रचिन रविन्द्र, दिपक चाहर, सार्दुल ठाकुर, मुस्तफिजुर रहमान, महिस थिक्सना, माथिसा पाथिरानालगायतका खेलाडी रहेका छन् ।

यसैगरी दिल्ली क्यापिटल्स रिसव पन्तको कप्तानीमा मैदानमा ओर्लने छ । दिल्ली क्यापिटल्समा डेभिड वार्नर, यस ढुल, पृथ्वी श, साई होप, मिचेल मार्स, अक्सर पटेल, सुमित कुमार, एनरिच नोर्जे, ईशान्त शर्मा, मुकेश कुमार, खलिल अहमद, कुलदिप यादव, लुङ्गी एंगिडी, प्रविण दुबे, ह्यारी ब्रुकलगायतका खेलाडी रहेका छन् ।

यसैगरी गुजरात टाइटन्स शुभमन गिलको कप्तानीमा मैदानमा देखा पर्नेछ । गुजरातको टोलीमा केन विलियम्सन, डेभिड मिल्लर, अभिनव मनोहर, साई सुदर्शन, ऋद्धिमन शाह, म्याथ्यु वेड, अजमतुल्लाह ओमरजाई, राहुल टेवाटिया, साहरुख खान, रासिद खान, साई किशोर, मोहित शर्मा, कार्तिक त्यागीलगायतका खेलाडी छन् । 

यसैगरी कोलकाता नाइट राइडर्सको कप्तानमा श्रेयष ऐयर रहेका छन् । कोलकाता नाइट राइडर्समा मनिष पाण्डे, नितिस राणा, रिंकु सिंह, सेरफन रुथरफोर्ड, रहमनुल्लाह गुरबाज, आन्द्रे रसेल, सुनिल नारिन, वेंकटेश ऐयर, रमणदिप सिंह, मिचेल स्टार्क, चेतन सकारिया, हर्षित राणा, सकिब हुसैन, मजिब उर रहमान, वरुण चक्रवर्तीलगायतका खेलाडी छन् ।

यसैगरी लखनउ सुपर जाइन्ट्सको कप्तानमा केएल राहुल रहेका छन् । लखनउ सुपर जाइन्ट्समा आयुष बदोनी, दवदत्त पाडिकल, एस्टन टर्नर, क्विन्टन डी कक, निकोलस पुरण, अर्सद खान, डेभिड विली, मार्कुस स्टोइनिस, कुर्णाल पाण्ड्या, कायले मायर्स, दिपक होडा, प्रेरक मानकद, मोहसिन खान, शिवम माभी, यस ठाकुर, नविन उल हक, मायांक यादव, अमित मिश्रा, रवी विसनोइलगायतका खेलाडी रहेका छन् । 

यसैगरी मुम्बई इन्डियन्स हार्दिक पाण्ड्याको कप्तानीमा मैदानमा ओर्लने छ । मुम्बई इन्डियन्समा रोहित शर्मा, सूर्यकुमार यादव, टिम डेभिड, नमन धिर, तिलक बर्मा, मोहम्मद नाबी, पियुष चावला, रोमारियो सेफर्ड, शिवालिक शर्मा, ईशान किसन, कुमार कार्तिकेय, अर्जुन तेन्दुल्कर, जसप्रित बुमराह, जेराल्ड कोट्जी, दिल्सान मदुसानका, नुवान थुसरालगायतका खेलाडी छन् । 

यसैगरी पञ्जाब किङ्सको कप्तानमा शिखर धवन रहेका छन् । पञ्जाब किङ्समा रिली रोसु, शिवम सिंह, हरप्रितसिंह भाटिया, आशुतोष शर्मा, अथर्व टाइड, जोनी ब्रेस्टो, प्रभसिमरन सिंह, सिकन्दर राजा, क्रिस वोक्स, ऋषी धवन, लियाम लिभिङ्स्टोन, साम कुर्रन, हर्षल पटेल, नाथन एलिस, कागिसो राबडा, अर्षदिप सिंह, राहुल चाहरलगायका खेलाडी छन् । 

यसैगरी राजस्थान रोयल्सको कप्तानमा सञ्जु सामसन रहेका छन् । राजस्थान रोयल्समा रोभमन पोवेल, शुभम दुबे, सिमरन हेटमायर, यशस्वी जैसवाल, जस बट्लर, टम कोहलर काडमोर, ध्रुव जुरेल, रियान पराग, रविचन्द्रन आश्विन, डोनाभन फेराइरा, ट्रेन्ट बल्ट, कुलदिप सेन, युजवेन्दर चाहल, एडम जाम्पालगायतका खेलाडी छन् । 

यसैगरी रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानमा फाफ डु प्लेसिस रहेका छन् । रोयल च्यालेन्जर्स बैंगलोरमा विराट कोहली, रजत पाटिदार, दिनेश कार्तिक, ग्लेन म्याक्सवेल, टम कुर्रन, विल ज्याक्स, क्यामरुन ग्रिन, लोकी फर्गुसन, रिसे टपली, मोहम्मद सिराज, अल्जारी जोसेफ, आकाश दीप, यश दयाल, स्वपनिल सिंह, हिमांशु शर्मालगायतका खेलाडी छन् । 

यसैगरी सनराइजर्स हैदराबाद प्याट कमिन्सको कप्तानीमा मैदानमा ओर्लने छ । सनराइजर्स हैदराबादमा मायांक अग्रवाल, राहुल त्रिपाठी, ट्राभिस हेड, हेनरिच क्लासेन, सहबाज अहमद, ग्लेन फिलिप्स, वानिन्दु हसारङ्गा, वासिङ्टन सुन्दर, मार्को जानसन, अब्दुल समाद, भुवनेश्वर कुमार, जयदेव उनादकट, एडिन मारक्रम, फजालहक फारुकी, आकाश सिंहलगायतका खेलाडी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप