संसद्लाई प्रहरीले लेख्यो विनोद चौधरीमाथि अनुसन्धान भइरहेको पत्र, के होला सभामुखको कदम ?
काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीमाथि अनुसन्धान अघि बढाएको जानकारी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई गराएको छ । घिमिरेलाई बुधबार पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले यस प्रकृतिको पत्र पहिलो पटक आएकाले अब के गर्ने भन्न नसकिने रातोपाटीलाई जानकारी दिए ।
संविधानको धारा १०३ (६) मा ‘सङ्घीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई सङ्घीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ’ भनिएको छ ।
‘तर अहिले जस्तो जानकारी यसअघि आएको थिएन । यो संविधानमा उल्लेख नभएको विषय भयो’, गिरीले भने ।
सीआईबीको पत्र सभामुख समक्ष पुगेकाले के गर्ने भन्ने विषय सभामुखले नै तय गर्ने गिरीले बताए ।
यसअघि छालाजुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा ल्याएको अभियोगमा विनोदका भाइ अरुणलाई सीआईबीले पक्राउ गरेको थियो । अहिले अदालतको आदेश बमोजिम उनलाई थुनाबाहिर राखेर अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण