सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
बाँसबारी जग्गा प्रकरण

सीआईबीले वसन्त चौधरीलाई गरायो घटना विवरण कागज

बुधबार, ०७ चैत २०८०, २० : १४
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यवसायी वसन्त चौधरीलाई घटना विवरण कागज गराएको छ । 

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको मुद्दामा उनलाई घटना विवरण कागज गराइएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।

सीआईबीले यसअघि उनका भाइ अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । बाँसबारीको जग्गा च्याम्पियन फुटवेयर मार्फत अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा ल्याइएको छ । चौधरी समूहको ३६ लाख लगानीमा सरकारसँगको साझेदारीमा स्थापना गरिएको ‘च्याम्पियन फुटवेयर’ मार्फत १० रोपनी जग्गा व्यापारी अरुण चौधरीले निजीकरण गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ संचालन गरिरहेको छ । पुरानो बाँसबारी छालाजुत्ता कारखानाको नामको सो जग्गा फिर्ता ल्याउने डिल्लीबजार मालपोत कार्यालयले चाँदबाग रेसिडेन्सी प्रालिलाई म्याद काटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप