मन्त्रिपरिषद्को निर्णय
चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय
बिहीबार, ०८ चैत २०८०, ११ : ४२
काठमाडौँ । सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै पर्यटन मन्त्रालयको प्रस्तावमा बैठकले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा कोरियाली ७ जना र ३ जना नेपाली गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोकमा अवस्थित जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय पनि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई अनुदानमा मौरीसहितको घार वितरण
-
सल्यानमा दम्पती मृत फेला
-
मिथुनले भने, ‘सलमानले बिहे गर्दैनन्, युवतीहरूलाई बेवकुफ मात्र बनाउँछन्’
-
गोलभेँडादेखि आलु–प्याजसम्म : यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची
-
अफगानिस्तानमा बाढीको कहर : १ सय ५० भन्दा बढीको मृत्यु
-
संसद् अवरोध फुकाउन प्रचण्ड पहल, देउवा पुगे बालुवाटार