आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
रुस–युक्रेन युद्ध

रुसी सेनामा मृत्यु भएकाको पहिचान गर्न डीएनए संकलन

बिहीबार, ०८ चैत २०८०, १५ : ३०
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । रुसी सेनामा भर्ती भएर मारिएका थप नेपालीको शव पहिचानको लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको ‘डीएनए’ नमुना परीक्षण  गरेको छन् । टिचिङ अस्पतालमा परिवारका सदस्यको डीएनए परीक्षणका लागि सङ्कलन गरिएको हो । रुस सरकारको आग्रहमा नेपालबाट सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न  स्याम्पल पठाउन नमुना सङ्कलन गर्न सुरु गरिएको हो ।

russia dna test (3)

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तको ‘डीएनए’ परीक्षणका लागि सङ्कलन गरेको हो ।

russia dna test (4)

रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशङ्का गरिएको छ। मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुस सरकारले मस्कोस्थित नेपाली राजदूतवासमार्फत आग्रह गरेको थियो।

russia dna test (1)

विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ नेपाली नागरिकका आफन्तले उद्धार तथा खोज यकिन गरिपाऊँ भनेर आवेदन दिएका छन्। परराष्ट्र मन्त्रालयले यसअघि पटकपटक गरी रुसी सेनामा भर्ना भएकामध्ये १९ नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप