बीआरआई सम्झौता बेठिक, विद्युत् व्यापार सम्झौता ठिक : लोसपा
काठमाडौँ । नेपाल र चीनबिच भएको बीआरआई सम्झौता नेपालको हितमा नभएको लोकतान्त्रिक समाजवादी पार्टीले ठहर गरेको छ । महोत्तरीमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै लोसपाका अध्यक्ष महन्थ ठाकुरले बीआरआई सम्झौता नेपालको हितमा नभएको बताएका हुन् ।
लोसपाले भारतसँग भएको विद्युत् व्यापार सम्झौतालाई भने स्वागत गरेको छ । विद्युत् व्यापारअन्तर्गत १० हजार मेगावाट बिजुली बिक्री गर्ने सहमति देशको हितमा रहेको र यसले देशको समृद्धिमा टेवा पुग्ने लोसपाले ठहर गरेको छ । त्यसैगरी नेपालको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको ५ करोडलाई २० करोड रुपैयाँसम्मको सीमा तय गरिएको निर्णयलाई पनि लोसपाले स्वागत गरेको छ ।
लोसपाले संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्दै संघीयताको पूर्ण कार्यान्वयनको माग गरेको छ । पार्टीले संविधान संशोधनको माग गर्दै नागरिकतासम्बन्धी अन्य समस्याहरू समाधान गर्न सरकारसँग माग गरेको छ ।
मधेस आन्दोलनमा घाइते भएकालाई उपचार गर्नुका साथै तथा लागेको मुद्दा फिर्ता हुनुपर्ने माग लोसपाको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सो पार्टीले माग गरेको छ ।
लोसपाले विगतदेखि अहिलेसम्म सबै लाभको पदमा बसेका राजनीतिकर्मी र उच्च पदस्थ अधिकारीको सम्पत्ति जाँचका लागि माग गरेको छ । कृषिको उत्थानको लागि किसानहरूलाई समयमा मल उन्नत बिउ विषादी मलमा उचित अनुदानको लागि सो पार्टीले सरकारसँग माग गरेको छ ।
नेपाल–भारत सीमा व्यवस्थापन गर्ने नाममा आम नागरिकलाई दुःख दिने कार्य अविलम्ब रोक्न पनि लोसपाले माग गरेको छ । आउने दिनमा पार्टीले अविलम्ब जिल्ला–जिल्ला, पालिका र वडासम्म पार्टीको पुनर्गठन गरि सुदृढीकरण अभियानलाई द्रुतगतिले अगाडि बढाउने र अगामी ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षमा पार्टी महाधिवेशन गर्ने निर्णय लोसपाले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण