वीरगन्जको पूजा सामाग्री प्रोडक्ट उद्योगमा सिलबन्दी
वीरगन्ज । वीरगन्जमा अखाद्य बस्तु बेचबिखन गरेको आरोपमा स्थानीय प्रशासनले एक उद्योगमा सिलबन्दी गरेको छ । वीरगन्ज महानगरपालिका ६ मा रहेको पूजा सामाग्री प्रोड्क्ट उद्योगमा जिल्ला प्रशासन कार्यालय पर्सा र नाप तौल विभागको संयुक्त टोलीले सिलबन्दी गरेको हो ।
सो उद्योगले विभिन्न ब्रान्ड राखेर नक्कली घ्यू तथा पाउडर बेचबिखन गरेको आरोप स्थानीय प्रशासनले लगाएको छ । उद्योगमा छापा मार्दा धेरै परिमाणमा पाउडरको दूध र नक्कली घ्यू उत्पादन भइरहेको पाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।
उनका अनुसार उद्योगले आफैँ उत्पादन गरेको डाल्डा घ्यूलाई विभिन्न ब्रान्डको नाम दिएर बजारमा बेचबिखन गरिरहेको पाइएको छ । उद्योगले उत्पादन गर्ने नक्कली घ्यू खास गरी नारायणी, पूजा, गोदावरी, स्वदेशी सहितका नामबाट बिक्री गर्दै आएको पाइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

उद्योगमा गोप्यरुपमा नक्कली घ्यू तथा अखाद्य वस्तु उत्पादन भइरहेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ । संयुक्त टोलीले नक्कली घ्यू तथा अखाद्य वस्तु बिक्री गर्ने एक जना सञ्चालकलाई समेत पक्राउ गरेको छ । पूजा सामग्री उद्योगका कृष्णकुमार सर्राफलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
अनुगमन टोलीले घ्यू बनाउनका लागि प्रयोग हुने पाउडर, ढक र २ वटा डिजिटल काटा सेटसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण