शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मुम्बई इन्डियन्सपछि चेन्नई सुपरकिङ्ग्सको आश्चर्यजनक निर्णय, कप्तानीबाट हटे धोनी

बिहीबार, ०८ चैत २०८०, १६ : ५३
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

आइपीएलको सबैभन्दा सफल मानिने मुम्बई इन्डियन्सले केही अघि कप्तान परिवर्तन गरेको विषयमा अझै चर्चा सेलाएको छैन, यस्तोमा अर्को सफल टिम चेन्नई सुपरकिङ्ग्सले पनि कप्तान परिवर्तन गरेको छ ।

चेन्नई सुपरकिङ्ग्सले बिहीबार महेन्द्र सिंह धोनीलाई कप्तानबाट हटाउँदै ऋतुराज गायकवाडलाई नयाँ कप्तान बनाइएको घोषणा गरेको छ ।

गायकवाड सन् २०१९ देखि चेन्नईमा आवद्ध भएका थिए । उनले यस क्रममा ५२ आइपीएल म्याच खेलेका छन् ।

यसअघि मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटाएर हार्दिक पाण्ड्यालाई नयाँ कप्तान बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप