दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ
नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् । आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री आतिशीका अनुसार केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो।
केजरीवाललाई निर्देशनालयको टोलीले बिहीबार साँझ ९ बजे दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको हो । साँझ ७ बजेर १० मिनेटमा केजरीवालको घरमा पुगेको निर्देशनालयको टोलीले उनीसँग २ घण्टा सोधपुछ गरेको थियो । उनलाई मदिरा नीति मुद्दामा पक्राउ गरिएको बताइएको छ ।
मन्त्री अतिशीले भने मुख्यमन्त्री केजरीवालले जेलबाटै भएपनि सरकार चलाउने बताएकी छन् । मुख्यमन्त्री केजरीवालको कानुनी टिमले भारतीय सर्वोच्च अदालतलाई यो घटनाको तत्काल सुनुवाइ गर्न माग गर्दै अपिल समेत जारी गरेको छ ।
यसअघि बिहीबार दिउँसो २ :३० बजे उच्च अदालतले मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण