दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् । आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री आतिशीका अनुसार केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो।
केजरीवाललाई निर्देशनालयको टोलीले बिहीबार साँझ ९ बजे दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको हो । साँझ ७ बजेर १० मिनेटमा केजरीवालको घरमा पुगेको निर्देशनालयको टोलीले उनीसँग २ घण्टा सोधपुछ गरेको थियो । उनलाई मदिरा नीति मुद्दामा पक्राउ गरिएको बताइएको छ ।
मन्त्री अतिशीले भने मुख्यमन्त्री केजरीवालले जेलबाटै भएपनि सरकार चलाउने बताएकी छन् । मुख्यमन्त्री केजरीवालको कानुनी टिमले भारतीय सर्वोच्च अदालतलाई यो घटनाको तत्काल सुनुवाइ गर्न माग गर्दै अपिल समेत जारी गरेको छ ।
यसअघि बिहीबार दिउँसो २ :३० बजे उच्च अदालतले मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ