महराकाे घाँटी र मस्तिष्ककाे नसामा समस्या, केही दिन अस्पतालमै रहने
काठमाडौँ । हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन् । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार महरालाई अझै केही दिन अस्पतालमै राखिने पारिवारिक स्रोतले बताएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको सहमतिमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो । उनलाई इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।
सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए । स्वास्थ्यका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबार र बिहीबार माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका थिए । महराले ८ प्रकारका औषधि सेवन गर्दै आएका छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण