ऐलानी जग्गा खोज्दै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ । विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर–११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाँच गरिएको छ ।
वर्षौँदेखि बेवारिसे अवस्थामा रहेको सो जग्गा महानगरको भएको निष्कर्षसहित नापजाँच गरी छुटाइएको वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिP । विराटनगरभित्र रहेका ऐलानी जग्गा नापजाँच गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर कोइरालाले बताए ।
महानगरको स्वामित्वको सो जग्गामा उचित संरचना निर्माण गरेर प्रयोगमा ल्याइने कोइरालाको भनाइ थियो । वडाध्यक्ष नेउपानेका अनुसार नापजाँचपछि सो ठाउँमा चार कठ्ठा जग्गा ऐलानी भएको पाइएको छ । नापजाँचपछि चार किल्ला गाडिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल