त्रुटिपूर्ण अनुसन्धान गर्ने प्रहरीलाई कारबाही गर्न सहसचिवको नेतृत्वमा समिति
आइतबार, ११ चैत २०८०, ११ : ५७
काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न समिति गठन गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा डीआईजी भिम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् ।
डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीहरु रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । कस्तो विभागीय कारबाही गर्ने भन्नेबारे समितिले निर्णय गर्ने गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण