हाजिर जमानीमा छुटे ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल
काठमाडौँ । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गरेपछि बिगत दुई दिनदेखि प्रहरी नियन्त्रणमा रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् । प्रहरीले घाइतेको सबै उपचार खर्च ब्यहोर्ने शर्तमा उनलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए ।
‘शनिबार दिनभर घाइतेका परिवारसँग राखेर छलफल गरेर उपचार खर्च बेहोर्ने गरी कागज भएपछि हाजिर जमानीमा छाडेका छौँ’ एसपी विष्टले भने– ‘घाइते तलमाथि केही भयो भने अर्काे कारबाही अगाडि बढ्छ ।’
दुर्घटनामा कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेका छन् । बिहीबार निर्देशक भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।
दुर्घटना लगतै सबैलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण