आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीपको फिल्ममा भित्रिए क्याप्टेन विजय लामा

सोमबार, १२ चैत २०८०, १३ : ४६
सोमबार, १२ चैत २०८०

काठमाडौँ । प्रदीप शाहीको निर्देशन रहने नयाँ फिल्ममा कलाकारको रूपमा विजय लामा भित्रिएका छन् । फिल्मको विशेष भूमिकाको लागि लामा भित्रिएको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ले बताए ।

प्रदीपकै निर्देशन रहेको गतवर्ष प्रदर्शित फिल्म ‘अन्तिम संस्कार’मा लामा मुख्य भूमिकामा थिए । अहिले भने विशेष भूमिकामा देखिन लागेका हुन् ।

यसअघि फिल्मका लागि प्रदीप खड्का, बेनिशा हमाल छानिएका छन् । साइ–फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने फिल्मको नाम दर्ता हुन बाँकी भएकोले अहिले बाहिर नल्याइएको हो ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । फिल्मको अन्य कलाकार प्राविधिक पक्ष छिट्टै फाइनल गरेर फिल्म छायाङ्कनमा निस्कने तयारीमा जुटेको निर्माण युनिटले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप