प्रदीपको फिल्ममा भित्रिए क्याप्टेन विजय लामा
सोमबार, १२ चैत २०८०, १३ : ४६
काठमाडौँ । प्रदीप शाहीको निर्देशन रहने नयाँ फिल्ममा कलाकारको रूपमा विजय लामा भित्रिएका छन् । फिल्मको विशेष भूमिकाको लागि लामा भित्रिएको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ले बताए ।
प्रदीपकै निर्देशन रहेको गतवर्ष प्रदर्शित फिल्म ‘अन्तिम संस्कार’मा लामा मुख्य भूमिकामा थिए । अहिले भने विशेष भूमिकामा देखिन लागेका हुन् ।
यसअघि फिल्मका लागि प्रदीप खड्का, बेनिशा हमाल छानिएका छन् । साइ–फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने फिल्मको नाम दर्ता हुन बाँकी भएकोले अहिले बाहिर नल्याइएको हो ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । फिल्मको अन्य कलाकार प्राविधिक पक्ष छिट्टै फाइनल गरेर फिल्म छायाङ्कनमा निस्कने तयारीमा जुटेको निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण