नयाँ सत्ता समीकरण
२३ सदस्यीय बन्यो मन्त्रिपरिषद्, कार्की राज्यमन्त्रीमा नियुक्त
सोमबार, १२ चैत २०८०, १४ : ४५
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
यससँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको हो । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । उनी जसपाबाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।
नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । जसअनुसार एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण