नयाँ सत्ता समीकरण
२३ सदस्यीय बन्यो मन्त्रिपरिषद्, कार्की राज्यमन्त्रीमा नियुक्त
सोमबार, १२ चैत २०८०, १४ : ४५

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
यससँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको हो । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । उनी जसपाबाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।
नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । जसअनुसार एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला फुटबल टोलीको घोषणा, प्रतिक्षा पहिलो पटक टिममा
-
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा हुने
-
रेखाले युट्युबमा सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ