ईयूले एप्पल, मेटा र गुगल तीनैमाथि छानबिन गर्ने
ब्रसेल्स । यूरोपेली संघ (ईयू)ले विश्वका सबैभन्दा ठुला तीन वटा प्राविधिक कम्पनीलाई छानबिनको घेरामा राखेको छ । प्रतिस्पर्धा मिच्ने अभ्यास गरेको मामिलामा ईयूले फेसबुकको माउ कम्पनी मेटा, एप्पल र गुगलको माउ कम्पनी अल्फाबेटमाथि छानबिन गर्न लागेको हो ।
कम्पनीहरू सन् २०२२ मा लागु गरिएको डिजिटल बजार ऐन (डीएमए) कानुन उल्लङ्घन गरेको आशङ्कामा छानबिन गर्न लागिएको हो ।
कम्पनीहरूले यो कानुन मिचेको भेटिएमा वार्षिक कमाएको १० प्रतिशतसम्म जरिवाना तिर्नु पर्नेछ । ईयूको प्रतिस्पर्धा हेर्ने निकायका हाकिम मार्गरेथ भेष्टागरले सोमबार छानबिनको घोषणा गरेका हुन् । डीएमए कानूनको दायरामा ६ वटा कम्पनी परेका छन् । यी कम्पनी अल्फाबेट, मेटा, एप्पल, एमाजन, माइक्रोसफ्ट र बाइटडान्स हुन् । यिनीहरू विश्वको सबैभन्दा ठुला प्रविधि कम्पनी पनि हुन् ।
तर यीमध्ये कुनै पनि कम्पनी यूरोपका होइनन् । बाइटडान्स चिनियाँ कम्पनी हो भने बाँकी सबै अमेरिकी कम्पनी हुन् । ईयूले म्युजिक स्ट्रिमिङ सेवामा मनपरी गरेको भन्दै ईयूले १ अर्ब ८० करोड यूरो तिराएको दुई हप्ता नबित्दै कम्पनीमाथि अर्को छानबिन सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण