रुपन्देहीमा होलीका क्रममा ३१७ सवारी साधन नियन्त्रणमा
मङ्गलबार, १३ चैत २०८०, ०८ : ०३
बुटवल । रुपन्देहीमा होली सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरीले ३१७ सवारी साधनलाई सवारी नियम उल्लङ्घन गरी चलाइएको आरोपमा नियन्त्रणमा लिएको छ ।
होलीका क्रममा रुपन्देहीमा ४ वटा दुर्घटना भएको र सोही क्रममा एकजनाको ज्यान गएको तथा ३ जना घाइते भएका छन् । अमर्यादित होली खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ का ३९ वर्षीय प्रवीण कँडेल रहेका छन् । उनी सवार मोटरसाइकल सिद्धार्थनगरकै गोलीगणको भित्री सडकमा अनियन्त्रित भएर दुर्घटना भएको तथा कँडेललाई उपचारका लागि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए ।
प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने ३११ मोटरसाइकल, ३ वटा टेम्पो, २ वटा जीपकार र एउटा ट्रकलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण