५ सय दरको नक्कली नोटसहित एक जना पक्राउ
मङ्गलबार, १३ चैत २०८०, १३ : ०६
बाँके । कोहलपुर नगरपालिका-१२ ज्ञानजोती टोलबाट नक्कली जस्तो देखिने ५ सय दरको ३ थान नोटसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिश्वास अधिकारीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित किराना पसलमा अधिकारीले सामान किन्ने क्रममा उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण